Songs Lyrics Lovers

You can find all kind of Songs Lyrics and Poem

Dhurba D1

.......................................

Dhurba D1

....................................................................

Songs Lyrics Lovers

All Kind of songs Lyrics.

Music is my Life

I love music and music is my life.

Search Lyrics

Like

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Friday, May 17, 2013

सपनाको रंग

हरेक रात मेरो सपना सम्म आउँछन्
र , गुनासा गर्दछन् मृतात्माहरु
कवि ज्यु , के सँधै कविता मात्र लेखेर बस्छौ ?

मेरो सपनाको चौतारीमा
मृतात्माहरुको जमघट हुने गर्दछ
र मलाई प्रश्न गर्न थाल्दछन् ।




कलिला बालबालिकाहरुका अबोध आत्मा
भर्खर यौवनको संघार टेकेका युवा युवतीका स्वप्निल आत्मा
वयष्क र बुजुर्गहरुका अतृप्त, अधूरा आत्मा ।

बाल - सुलभता बारूदसंग साटेर गाडिएकाहरु
यौवनका रहरहरु संगीनमा उनेर चिथोरिएकाहरु
फतवा जारी गरि प्वाल पारिएका निर्दोष छातीहरु ।

हरेक रात मेरो सपना सम्म धाउँछन्
आक्रोश व्यक्त गर्दछन् मृतात्माहरु
कवि ज्यु , के सँधै हाईकु मात्र लेखेर बस्छौ ?

दिनहुँ , मृतात्माहरुको भीड बढ्दै थियो
एक , दुई गर्दै सय , दुईसय हुँदै हजार
त्यसपछि हजारौं हजारका संख्यामा ।

मृतात्माहरु :
चिल्लाईरहेका थिए - आक्रोशमा
रोईरहेका थिए - व्यथामा
कोहि चुपचाप स्तब्ध देखिन्थे - पछुतोमा

र पनि कोहि मृतात्मा
मलाई प्रश्न माथि प्रश्नको खात लगाउँदै थियो
कवि ज्यु , के सँधै रुमानी गज़ल मात्र लेखेर बस्छौ ?

एउटा अर्को मृतात्माले फेरि प्रश्नले खेदे
हाम्रो सपनाको रंग, किन रंगहीन भए , सुनौलो किन भएन ?
हाम्रो वलिदानको मर्म किन अँध्यारो भए , उज्यालो किन भएन ?

मेरो कलम, कापीसंगै निस्क्रिय थिए , सपनामा म जस्तै
कवि ज्यु , अब कहिले हाम्रो सपनाको कथा लेख्न थाल्छौ ?
अनि कहिले दिन्छौ , हाम्रा प्रश्नहरुका सहि जवाफ !

एक हुल ताराहरू

एक हुल ताराहरू
मेरो शिर उपर छटपटाईरहेको देखें,
सायद,विपन्नता त्यहाँ पनि उस्तै होला,
अनिकालले जरा गाढेर
पेटमा महेन्द्र राजमार्ग झैँ लामो
पटुका कसेर
कतै आहारको खोजीमा निस्के झैँ देखिन्थे ।
कुनै तारा को आखाँबाट बलिन्द्र वर्षा बर्सिरहेको,
सायद त्यहाँ पनि,
दश वर्षे जनयुद्धले छोरो,भाई,श्रीमान,बुहारी खायो होला !
म निरिह हेरि रहें,बस हेरि रहें ।


अर्को जत्था फेरी हुईकियो,
आकाश फोडेर
अस्तित्व भागबन्डा लगाऊँन तम्सने समूहको विरोधमा ,
कोही,
बादल निचोर्दै थिए,
कोही,
कोही हावा चिथोर्दै ,
डर विक्षिप्त जीवित,
कुनै विध्वंसको,
तैले किन धेरै प्रकाश दिईस,
तँ चै किन बलिनस,बल्ने समयमा,
यस्तै विवाद म झर्लंग सुन्न सक्थें ।
सोचे त्यहाँ पनि यीनै मनुष्य झैँ स्वभाव फैली सकेछ ।
म हेरी रहें, केवल हेरी रहें ।


एक तारा,
सानो झोला भिरेर लाग्दै थियो,
मुग्लानी पारामा,
सानी छोरीको मुहारमा ज्योती भर्ने सपना बोकेर,
ताराको नाईके कुर्लदै थियो,
अब एक वर्षमा तारा समाजलाई स्वर्ग बनाऊँछु,
म अवाक् भएँ ,
फोश्रो आस्वासन त्यहाँ पनि ।
म मौन हेरि रहें, हेरी रहें ।


बिस्तारै सूर्यको आगमनको शंका जगमगायो ।
खैला बैला मच्चियो तारा बिच ,
विचरा ताराहरू बिस्तारै ,
मलिन हुदै गए ,
विलिन हुँदै गए ,
छोप्यो सबै तारा सूर्यले ,
न तारा रहे न अवशेष ।
ताराको संसार पल भर मै मासिएको हेरी रहें ...हेरी रहें ।

“भो ! म अब गजल लेख्दिन ”

अहँ म लेख्दै लेख्दिन ,
म अब गजल लेख्दिन ,
मेरो क्षमता गजलको ग बुझ्ने छैन ,
म गजल र फजलको भिन्नता छुट्याऊन सक्दिन ,
कहिँ रदिफ चयन भएन भन्छन भक्ति प्रसाद,ठिकै लाग्यो ,
भाषिक दोष देखाऊछन आनन्दश्री, सुधारे पनि,
काफिया दोहोरियो भन्न पछि पर्दैनन जितु गाऊँले, मनन् गरें ।
ऊला मिले सानी मिल्दैन ,
तखुल्लसले नाम सम्म समस्या पार्यो ,
यस्तो कठिन कार्य म कसरी गरुँ ,
अहँ ,
म अब गजल लेख्दिन ।।



ऊता पानी छिट्याऊँदा दर्कियो भन्छन ,
यताको असिना मात्र छिट्याएको हुन्छ,
कुमारी केटि नंग्याऊँदा कोहि वाह ! वाह पाऊने ,
यता नारी शोषण केलाएको सामान्य भाव हुन्छ ,
दुई चार पुस्तक निस्केको कलम ,
जस्तै लेखे पनि अब्बल साबित ,
बालुवा बाट निस्केको गजल ,
खोट रहित हुने कल्पना कसरी हुन्छ र ,
त्यसैले जे भन ,
म अब गजल लेख्दिन ,
लेख्दै लेख्दिन ।

लेखक र पाठकको नजर भिन्न हुन्छ नै ,
रातो लाई रातो नदेख्नु कस्को दोष ,
खुलेर प्रतिक्रिया दिदाँ अतृप्त कमल हटाईए फ्रेण्ड लिस्ट बाट ,
ठिस बुढा आफै पर सरे बिना कारण ।
मिराले सास्ती भोगिन गजल लेखेर ,
अब म कसरी गजल लेखुँ ,
अहँ म गजल लेख्दिन ,
लेख्दै लेख्दिन ।

बाँसको टुप्पा सम्म पुर्याएर छोड्ने ,
तल झरे पछि काखि बजाऊँने यतै कतै देखिन्छन ,
सडकको कवि त सधै सडक मै
ऊचाले पनि थेचारे पनि ।

टिका देश बोक्छन कलमले, बोक्नु पर्ने चिथोर्दैछन मुहार एक अर्काको,
कल्पना मुक्तक मै व्यस्त देखिन्छिन,
आँचल आफ्नै आँचल मा हराईन कतै,
नरेश ले धेरै पाए मार्गदर्शन,
निरस घोचो मै व्यस्त, गोबिन्द अलि व्यस्त सायद अचेल,
बिमान आफ्नै मान्छे चिनाऊदैछन, मन छुन सफल पनि,
वेद एक्लै सबै ग्रुप पुग्न भ्याऊँछन्,
समर्पण ठुलो रुखको छायाँमा छन्,
अज्ञात दुई मित्र ऊकालो लाग्दैछन,
आयुस मौन मौन देखिए आजकल,
भाग्य र स्यान्जाली बेपत्ता ।
अस्मी भावको चरम शिखरमा चड्दै झर्दै,
मधु श्री र सारिका श्री अक्कल झुक्कल झुल्किन्छन,
बसुको नेट अलि समस्या छ सायद ,
सबै सबै साहित्यको यार्सागुम्बा खोज्दैछन, म पनि,
पहाडमा झार पलाऊनु र झारमा पहाड थुप्रिनु
एकै भन्छन कोहि,
म समुन्द्रमा पानी भनुँ कि पानीमा समुन्द्र ?
रातो गाला को कलम मा दोष कम भेटिन्छ ,
बलिस्ट हातको लेखन अलि खस्रो नै हुन्छ सायद,
यो बेला ,
अहँ ,
म गजल लेख्दिन ,
लेख्दै लेख्दिन ।।

**** समाप्त ****

तिमी छाल, म किनार ( कविता )

सायद समुन्द्र हो जीवन
अनि म किनार - !
सायद समुन्द्र हो जीवन
अनि तिमी छाल - !

सायद समुन्द्र हो प्रेम
अनि म प्रेमीका
सायद छाल हो प्रेम
अनि तिमी साधीका



किनार र छाल हामी
क्षणिक नाता यो
किनार र छाल हामी
विछोड नै विछोड यो

विह्वल छु म
तिम्रो प्रतिक्षामा सधै
अघीर छु यो
तिम्रो मिलनमा सधै

छाल हौ तिमीलाई
फर्कनु पर्ने बाध्यता
किनार हुँ म
प्रतिक्षा गर्नु पर्ने विवशता

प्रतिक्षाको यही क्रममा
जीवन सिद्धिएको हेर्नु पर्ने मैले
प्रतिक्षाको यही क्रममा
मलामी रित्तिएको हेर्नु पर्ने मैले

तिम्रो प्रतिक्षामा
मुर्दाको साक्षी बने म
तिम्रो प्रतिक्षामा
मशानको कुर्ने लाक्षी बने म

तिमी छाल म किनार
तिमी चन्द्रमा म चकोर
हामी बिचको दुरी बन्यो
विवशताको यो पर्खाल - !!!

भोकको स्वाद ( कविता ) सुधीर ख्वबि ।

चपाई हेरें
टुटे फुटेका सपनाहरु
भोक मेट्न !


छैन केहि स्वाद
चपाइरहेको सपनाको गाँसमा
तर लागिरहेछ स्वादिलो !


मेरो मुख
रसाईरहेछ मिठो स्वादले
र रमाई रहेछ, मन !


तर म भन्न सक्दिन
यो के को, कस्तो स्वाद हो
नुनिलो अनि मिठो स्वाद !


थाहै भएन मलाई
मैले लिईरहेछुं भोकको झोंकमा
आफ्नै मृत सपनाको लाशको स्वाद !