Pages - Menu

Thursday, May 16, 2013

Hatti bhalu (हात्ती भालु) by Sanyog Yogi (संयोग योगी)

माटोमा फैलिएका जरा
जस्ले थेग्छ रुख, रुख हराभरा
त्यहाँ बस्छन रंगिचंगी चरा
कोही लामो कोही छोटो
कोही दुब्लो मोटो
नाँचौ म तिमीसँग
लगाइकन भोटो
म त नाच्छु चराको गुँडमा
म त नाच्छु चराको गुँडमा

रुखले दिन्छ मिठा मिठा फल
छ उसको त नियती असल
तेही फल खान आउछ जंगलको हात्ति
कुद्दै आउँछ उ सधै, सधै जसो राति
फर्कन्छन तेही रात, फल हामलाई बाटि
म त डुल्छु हात्तीको शुँढमा
म त डुल्छु हात्तीको शुँढमा

तेही रुख आउँछ मेरो साथी कालु
गाममा उस्को अर्कै नाम सबै भन्छन भालु
रुख चढी मह खान सार्है सिपालु
रानी सधै खेद्छे उस्लाई भन्दै बदमास चालु
अरु खोइ मह के म नै सम्हालु
म त खेल्छु भालुको काँधमा

म त खेल्छु भालुको काँधमा
म त डुल्छु हात्तीको शुँढमा
म त नाच्छु चराको गुँडमा
म त खेल्छु भालुको काँधमा
म त नाच्छु चराको गुँडमा 

No comments:

Post a Comment