You can find all kind of songs lyrics From This site. You can also post your poem, story, jokes, and history of any thing.We will publish in our web site........
Pages - Menu
▼
Sunday, May 19, 2013
Tiger
Jokes By
Anish Basnet
शेरे नेता भएछ । एकदिन भाषण गर्नुपर्ने भएछ । शेरेः मैले के विषयमा भाषण गर्दैछु तपाईहरुलाई थाहा छ? जनताः थाहा छैन । शेरेः कसैलाई पनि थाहा रैनछ के भाषण गर्नु खै । यति भनेर शेरेले भाषण नगरीकन हिडेछ। अर्को दिन शेरेः आज मैले के विषयमा भाषण गर्दैछु तपाईहरुलाई थाहा छ? जनताः थाहा छ । शेरेः सबै थाहा रहेछ । मैले बेकारमा किन मुख दुखाउनु। यति भनेर शेरेले फेरी पनि भाषण नगरीकन हिडेछ। फेरी अर्को दिन भाषण गर्न आएछ । यसपाली चाहीँ जनताले सल्लाह गरेका थिए: आज चाहीँ आधाले थाहा छ आधाले थाहा छैन भन्नुपर्छ है । शेरेः मैले के विषयमा भाषण गर्दैछु तपाईहरुलाई थाहा छ? जनताः आधालाई थाहा छ आधालाई थाहा छैन । शेरेः जो जो लाई थाहा छ उहाँहरुले थाहा नभएकाहरुलाई भन्नुहोला है । यति भनेर शेरेले फेरी पनि भाषण नगरीकन हिडेछ।
No comments:
Post a Comment