Search Lyrics

Like

Sunday, May 19, 2013

Tiger

 Jokes By
Anish Basnet
Anish Basnetशेरे नेता भएछ । एकदिन भाषण
गर्नुपर्ने भएछ ।
शेरेः मैले के विषयमा भाषण गर्दैछु
तपाईहरुलाई थाहा छ?
जनताः थाहा छैन ।
शेरेः कसैलाई पनि थाहा रैनछ के
भाषण गर्नु खै ।
यति भनेर शेरेले भाषण नगरीकन
हिडेछ।
अर्को दिन
शेरेः आज मैले के विषयमा भाषण
गर्दैछु तपाईहरुलाई थाहा छ?
जनताः थाहा छ ।
शेरेः सबै थाहा रहेछ । मैले
बेकारमा किन मुख दुखाउनु।
यति भनेर शेरेले फेरी पनि भाषण
नगरीकन हिडेछ। फेरी अर्को दिन
भाषण गर्न आएछ ।
यसपाली चाहीँ जनताले सल्लाह
गरेका थिए: आज चाहीँ आधाले
थाहा छ आधाले थाहा छैन भन्नुपर्छ
है ।
शेरेः मैले के विषयमा भाषण गर्दैछु
तपाईहरुलाई थाहा छ?
जनताः आधालाई थाहा छ
आधालाई थाहा छैन ।
शेरेः जो जो लाई थाहा छ उहाँहरुले
थाहा नभएकाहरुलाई भन्नुहोला है

यति भनेर शेरेले फेरी पनि भाषण
नगरीकन हिडेछ।

0 comments:

Post a Comment