Search Lyrics

Like

* तिमीलाई प्रेमपत्र *

खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन ।

संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्ने त सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछ भन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर ।
I don’t know others existing in this world but only I love you, please don’t break my heart. Because I have totally sacrificed my life towards you. I only know you. I am ready for waiting you decades.
थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ । तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई ।
कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु, अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Please मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर ।  जति कुरा  लेखे  पनि प्रत्येक शब्ले  भनि रहेको छ  कि   I Love You, के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ ।

0 comments:

Post a Comment