Search Lyrics

Like

Saturday, May 18, 2013

कविता "तिमी प्रती"

पोखौ त कसरी पोखौ
तिमीलाई मनको बह मनभित्र
यती धेरै उकुश मुकुशहरू
भरिएर रहेका छन्
कतै बाहिर निकाली दिदा
छताछुल्ल भएर
पोखिएला की भन्ने डर छ !
भनौ त कसरी भनौ

तिमीलाई मैले मन पराएको कुरा
तिमी यती टाढा छौ
मेरो आवाज तिमीले सुन्नु अगावै
कसैले सुनी देला भन्ने डर छ !
यो त औशत लोग्ने मान्छेले
आइमाइ मान्छे प्रती गरीने भलाकुशारी हो
भनि तिमी ठान्न सक्छौ
यो त हरेक कमजोर
मनहरूबाट व्यक्त गरीने
आशक्ती हो भनि
तिमी मान्न सक्छौ
जे शोच;
स्वतन्त्रता तिम्रो न हो .

0 comments:

Post a Comment