Search Lyrics

Like

Saturday, May 18, 2013

केवल् उडिरहेँ चुपचाप उडिरहेँ । नेपाली कविता

परिस्थिती सँग अनी भाग्य सँग
नियती ठानेर संघर्सको मैदानमा
आफ्नो हर खुशीलाई त्यागेर झुत्रिये
शायद नियती नै च्यातिनु हो मेरो
केवल् उडिरहेँ चुपचाप उडिरहेँ।

चङ्गा हुँ म कहिले आकासिदै
कहिले माथी चढदै कहिले तल झर्दै
हावाको झोका सँग लहराउँदै

कहिले प्रतिद्वन्धी सँग डराउँदै
केवल् उडिरहेँ चुपचाप उडिरहेँ।

कसैको बन्धन मा बाँधिएर
कहीं आग्रहले कहिं आदेशले
अनी सधैं अरुको खुशीको लागि
निस्वार्थ भई सेवामा समर्प्रित
केवल उडिरहें चुपचाप उडिरहे

0 comments:

Post a Comment