Search Lyrics

Like

Thursday, May 16, 2013

kholalai sodhe yo kasto (खोलालाई सोधें यो कस्तो) by Shreya Sotang (श्रेया सोतांग)

(खोलालाई सोधें यो कस्तो हतार हो )२
सागर भर्नु छ भन्यो 
(हावालाई सोधें त्यहि कुरा )२
संसार ढाक्नु छ भन्यो
(मान्छेलाई सोधें तेरो के छ भनेर )२
सिंगो जीवन काट्नु छ भन्यो 
खोलालाई सोधें यो कस्तो हतार हो...

(रहेछ गजब संसार पनि )२
सबलाई उस्तै हतार छ
(मान्छेलाई आफ्नो मृत्यु हतार छ )२
घामलाई डुब्न हतार छ 
(समय तर यति बलबान् छ )२
सबलाई आफ्नो गतिमा लतार्छ
खोलालाई सोधें यो कस्तो हतार हो...

(उकाली जति नै लम्बिए पनि )२
देउराली सम्म रहेछ 
(ओराली जति नै तन्किए पनि )२

फाँटमा अडिंदो रहेछ 
(समय र सीमाको परिधि भित्र )२
सबथोक च्यापिंदो रहेछ 
खोलालाई सोधें यो कस्तो हतार हो...

0 comments:

Post a Comment