Search Lyrics

Like

Thursday, May 16, 2013

ma ta akashako (म त आकाशको) by Norbu Tamang

म त आकाशको जून चोर्न चाहन्छु
रमेर तारा बीच झुम्न चाहन्छु
बसन्तको पहिलो मुस्कान समेटि 
म त बिहानीको लाली रच्न चाहन्छु...

(मलाई संसारकै खुशी हाँस्नु छ
यतिकै सरी हाँसी खेली जिउनु छ )२
म त स्रिस्तिको फूल बन्न चाहन्छु
झुलेर लहरा बिच फुल्न चाहन्छु...

(मलाई यहि धर्तिमा स्वर्ग देख्नु छ
मेरा पाईलाले हिमशिखर टेक्नु छ )२
@ smslyrics.com
म त वर्षातको पानी बन्न चाहन्छु
अल्झेर छहरा बिच बग्न चाहन्छु...

म त आकाशको जून चोर्न चाहन्छु
रमेर तारा बीच झुम्न चाहन्छु
बसन्तको पहिलो मुस्कान समेटि 
म त बिहानीको लाली रच्न चाहन्छु

0 comments:

Post a Comment