Search Lyrics

Like

Thursday, May 16, 2013

pagal ma banna sakchhu (पागल म बन्न सक्छु (female)) by Rajina Rimal (रजिना रिमाल)

पागल म बन्न सक्छु
सक्दिन तिमीलाई छोड्न
म मृत्यु रोज्न सक्छु
सक्दिन अरु रोज्न
छोडी गयौ मलाई किन ए जिन्दगानी
सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी
पागल म बन्न सक्छु

(तिमी सँगै हुँदा बिष पिए पनि मर्दिना म
एक्लाई हुँदा त अमृत पिए पनि म मर्छु ) २
हजार हजार जन्म लिन्छु म तिम्रै लागि
अरुलाई होईन तिमीलाई माया गर्छु
पागल म बन्न सक्छु

(तिमी नै हौ हरपल मैले फेर्ने सास पनि
तिमीलाई त हो पलपल मैले गर्ने बिश्वास पनि) २
तिमी भन्दा प्यारो कोही हुन्न मेरा लागि
मलाई सानो लाग्छ तिम्रो सामु आकाश पनि

पागल म बन्न सक्छु
सक्दिन तिमीलाई छोड्न
म मृत्यु रोज्न सक्छु
सक्दिन अरु रोज्न
छोडी गयौ मलाई किन ए जिन्दगानी
सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी
पागल म बन्न सक्छु 

0 comments:

Post a Comment